
बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिका–६ सित्तड सलेना घर भएका हरि ऐरीले साहित्य सिर्जनामा कलम चलाउन थालेका छन् । शारीरिक रुपमा अपांगता भएका ऐरीले गजल, कविता,मुक्तकसहितको पुस्तक लेखीसकेका छन् ।
साहित्यिक पुस्तक लेखेको भएपनि आर्थिक अभावमा प्रकाशन गर्न नसकेको उनले बताएका छन् ।
कक्षा १२ मा अध्ययन गर्ने बेला अचानक दुवै खुट्टामा अर्थोराइटिस भएपछि उनी अहिले ह्वेल चेयरको साहराले बाहिर– भित्र जान सक्छन् । शारीरिक रुपमा अपांगता भएपछि आफूलाई धेरै समस्या भएको ऐरीले बताए ।
पढाइमा समेत अब्बल रहेका ऐरीमा एक्कासी शारीरिक समस्या भएपछि पढाइ समेत लथालिङ्ग भएको उनको भनाइ छ । अहिले घरमै बसेर साहित्य सिर्जनामा लागेका उनले पुस्तक प्रकाशनका लागि सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।
खुट्टामा अर्थोराइटिस भएपछि नियमित रुपमा औषधी सेवन गर्नुपर्ने अवस्था रहेकाले आर्थिक अभाव भएको ऐरीले बताए । औषधी उपचारमा समेत आर्थिक अभाव भएकाले उनले मनकारी व्यक्तिहरुलाई सहयोगका लागि आग्रह गरेका छन् ।
हरि ऐरीलाई सहयोग गर्न चाहने महानुभावहरुले तलको खातामा रकम जमा गर्न सक्नेछन् ।
नाम –हरिसिंह ऐरी
खाता नम्बर–१४५०७०१०००१७३३
बैंकको नाम –ग्लोबल आइएमइ बैंक लिमिटेड
मोबाइल नम्बर – ९७६६९९९०२९