Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा भोलीदेखि निःशुल्क आँखा शिविर सञ्चालन हुने

बैतडी- जिल्ला अस्पताल बैतडीमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ । नेपाल नेत्र ज्योति संघ गेटा आँखा अस्पताल धनगढीको आयोजनामा शिविर सञ्चानन हुने भएको हो । 

यहि असार २ र ३ गते मोतिविन्दु लगायत आँखाका बिरामिहरुका लागी निःशुल्क आखाँ शिविर सञ्चालन हुने गेटा आँखा अस्पताल धनगढीले जनाएको छ । 

शिविरमा मेतिविन्दु लगायत आँखाका अन्य विरामिहरुका लागी निःशुल्क शल्यक्रिया,औषधि उपचार तथा आवश्यकता अनुसार चस्मा पनि वितरण गरिने आयोजकले जनाएको छ । 

यहि असार २ र ३ गते सञ्चालन हुने निःशुल्क आँखा शिविरमा आई उपचार गराउन सवैमा आग्रह समेत गरिएको छ ।

शिविरमा बिहान ९ बजेदेखि नाम दर्ता गर्न सकिने वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले बताए  । शिविरमा चेकजाँच तथा परार्मश सेवा प्रदान गरिने  बताइएको  छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २०:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update