सुदूरपश्चिमका ९ ओटै जिल्लामा कोशेली घर सञ्चालन गरिने

बैतडी–सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्षमा प्रदेशका ९ ओटै जिल्लामा कोशेली घर सञ्चालनमा ल्याउने भएको छ ।
स्थानीयस्तरमा उत्पादित कृषि उपजहरुको सुदूर कोशेली नाममा ब्राण्डिङ, प्याकेजिङ तथा बजारीकरणलाई सहयोग पुर्याउन सहकारी –निजी क्षेत्रसंगको सहकार्यमा कोशेली घर सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
यसबाट कृषिजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ । कोशेली घर सञ्चालनका लागि ५५ लाख बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ ०८:५३
प्रतिक्रिया दिनुहोस्