दार्चुलामा ढुंगा लागेर बैतडीमा कार्यरत प्रहरी जवानको मृत्यु 
                        
                        
                                                
                                             
                                                                    बैतडी– दार्चुलामा ढुंगा लागेर जिल्ला प्रहरी कार्यालय बैतडीमा कार्यरत एकजना प्रहरी जवानको मृत्यु भएको छ ।
दार्चुला घर भएका प्रहरी जवान दिपेन्द्र पालको ढुंगा लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
दार्चुलाको निसिल भन्ने स्थानमा बाटोमा हिँडीरहेका बेला माथिबाट खसेको ढुंगा पालको टाउकोमा लागेको थियो । पाललाई तत्कालै उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुर्याएको भएपनि उनको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक बडूले बताए । 
 
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १९:३८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    