बैतडीको पाटनमा ट्याक्टर दुर्घटना,चालक घाईते
                        
                        
                                                
                                             
                                                                    बैतडी- बैतडीमा ट्याक्टर दुर्घटना भएको छ । जिल्लाको पाटन नगरपालिका वडा न ६ वेडौती नजिक भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो । बुधबार ट्याक्टर दुर्घटना हुदा चालक ३० वर्षिय पोखीराम चौधरी घाईते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए ।
चालकको अवस्था सामान्य रहेको र उपचारको लागी पाटन ल्याउने तयारी भइरहेको निरीक्षक बडुले बताए ।
ट्याक्टर सडकबाट करीब ६५ -७० मिटर तल खसेको छ । दुर्घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:३४
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    