मणिलेक मावि गुरुखोलाको विव्यस अध्यक्षमा टेर चयन

बैतडी–बैतडीको दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक मावि गुरुखोलाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अमरबहादुर टेर चयन भएका छन् ।
अभिभावकहरुको भेलाबाट चयन भएका ४ जनासहित ७ जना सदस्यबाट टेरलाई अध्यक्षमा चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा सहमति नभएपछि बुधबार निर्वाचन प्रक्रियाबाट अध्यक्ष चयन गरिएको विद्यालयका प्रधानाध्यापक एवं समितिका सदस्य सचिव केशवदत्त भट्टले बताए ।
चार मत ल्याएर टेर विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका उनले बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चयन भएपछि टेरले विद्यालयको चौतर्फी विकासका लागि अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गरेका छन् । सबैको सल्लाह, सुझाव अनुसार विद्यालयको विकासका लागि खटिने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, असार ५, २०८२ ०७:०६
प्रतिक्रिया दिनुहोस्