Sagun Khabar
बैतडीको मेलौली पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा 

बैतडी–बैतडीको मेलौली नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ । 

बुधबार एक कार्यक्रमको आयोजना गरेर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहनसिंह भाटले बताए । 

मेलौली नगरपालिकाका ९ओटै वडा पूर्ण खोप सुनिश्चित घोषणापछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको हो ।

नगर क्षेत्रभित्र रहेका जन्मेदेखि १५ महिना सम्मका ३ सय १९ जना र १६ महिनादेखि ५ बर्ष सम्मका ९ सय ५६ जना बालबालिकाहरुले खोप पाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

नगरपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नुअघि खोप कार्यकर्ताहरुले घरघरमा पुगेर बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाए÷नपाएको एकीन गरेका थिए ।

यसैबीच पालिका भरीका १० जना स्वास्थ्यकर्मीहरुलाई पनि उत्कृष्ट स्वास्थ्यकर्मीको रुपमा सम्मानित गरिएको छ । 

९ ओटै वडाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत १० जनालाई छनोट गरेर प्रमाणपत्र सहित खादा माला लगाएर सम्मान गरिएको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव राजबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update