Sagun Khabar
नीति तथा कार्यक्रमका लागि सुर्नयामा नेविसंघको सुझाव पेश 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकालाई नेपाल विद्यार्थी संघले सुझाव पेश गरेको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने कुराहरु समेटेर सुझाव पेश गरिएको नेविसंघ सुर्नया गाउँपालिकाका संयोजक जयन्तप्रसाद भट्टले बताए । 

गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमका लागि सबै पक्षबाट सुझाव माग गरे अनुसार नेविसंघले सुझाव पेश गरेको भट्टले बताए । 

सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीलाई सुझाव पत्र बुझाउँदै संयोजक भट्टले नेविसंघले उठाएका बिषयहरु नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्न आग्रह गरेका छन् । 

नेविसंघले आम नागरिकको सरोकारसंग जोडिएका बिषयवस्तुहरुलाई सुझावको रुपमा पेश गरेको भट्टले बताए । 

नेविसंघले बुझाएको सुझाव पत्रमा पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा स्वच्छ खानेपानी, सुविधासम्पन्न पुस्तकालय र भौतिक पूर्वाधारको व्यवस्था गर्न भनिएको छ । 

यस्तै एसइइ र कक्षा १२ को परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृतिको व्यवस्था गर्नुपर्ने सुझावपत्र उल्लेख गरिएको छ । 

जनप्रतिनिधि र कर्मचारीहरुका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गराउने नीति ल्याउनुपर्ने सुझावपत्रमा उल्लेख गरिएको छ । 

एक वडा एक रिङ रोडको अवधारण अघि सार्न गाउँपालिकालाई सुझाव दिइएको संयोजक भट्टले बताए । यस्तै सुर्नया गाउँ बस सञ्चालन गर्न समेत सुझाव दिइएको छ । 

1a-1750297877.jpg
 

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update