
बैतडी- बैतडीको सुर्नया गाउँपालिका वडा न ८ को ठेउला प्रभावित क्षेत्रमा निरीक्षणका लागी पुगेको विश्व स्वास्थ्य संगठनको टोलीले आज गाउँपालिका सगँ छलफल गरेको छ । पालिकाको वडा नं ८ को ठेउला प्रभावित क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोलीले हिजो स्थलगत निरीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम सिह महराले बताए ।
शुक्रबार पालिकामा उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत तथा सम्पुर्ण स्वास्थ्य संस्थाका प्रमुखहरुसँग छलफल गरिएको महराले बताए । छलफलमा ठेउला संक्रमणले प्रभाबित भएका वडा तथा पालिका भरि रोकथामका लागी आवश्यक सहयोग तथा समन्वय गर्न प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत लोक राज जोशीले बताए ।
यस्तै संक्रमितलाई आइसलोसनमा राख्ने,स्वाब संकलन गर्ने,जनचेतनामुलक कार्यक्रम गर्ने लगायतका बिषयमा समेत छलफल भएको जानइएको छ ।
गएको १५ दिनयता सुर्नयाको वडा नं ८ का केही ठाउँमा ठेउलाको संक्रमण देखिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए । ठेउला प्रभावित क्षेत्रमा निरन्तर स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको उनले बताए ।
यस्तै ठेउला प्रभावित क्षेत्रमा सतर्कता अपनाउन गाउँपालिकाले सबैमा आग्रह समेत गरेको छ । संक्रमित व्यक्तिलाई आइसोलेसनमा बस्नका लागि आग्रह गरिएको छ भने व्यक्तिगत र वातावरणीय सरसफाइमा ध्यान दिन आग्रह गरिएको उपाध्यक्ष मञ्जु महरा बोहराले बताए ।
संक्रमित व्यक्तिहरुको शरीरमा बिमिरा आउने, ज्वरो आउने, खोकी लाग्ने लगायतका लक्षणहरु देखा परेका थिए । बिरामीहरुमा ठेउलाको लक्षण देखिएकाले सोही अनुसार उपचार र परामर्श सेवा सञ्चालन भइरहेको बताइएको छ ।