
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले आयुर्वेद सेवाको पहुँच बाहिर रहेका नगरबासीहरुलाई शिविरमार्फत सेवा दिन थालेको छ ।
नगरपालिकाको आयुर्वेद शाखामार्फत दुर्गम वडाहरुमा शिविर सञ्चालन गर्ने गरिएको नगरपालिकाको आयुर्वेद शाखाका प्रमुख नरेन्द्र कलौनीले बताए ।
आइतबार नगरपालिकाको वडा नं ११ मा शिविरको आयोजना गरिएको र उक्त शिविरमा २ सय ५ जनादे सेवा लिएको कलौनीले बताए ।
आयुर्वेद उपचार पद्दतिमा नागरिकको आकर्षण समेत बढ्दै गएको छ । आयुर्वेद उपचार पद्दतिले प्रति असर नगर्ने भएकाले यसमा नागरिकको आकर्षण बढ्दै गएको हो ।
शिविरमा विभिन्न रोगको उपचारका साथै परामर्श दिने गरिएको कलौनीले बताए । स्थानीस्तरमा पाइने जडीबुटी र तिनीहरुको समुचित प्रयोगका बिषयमा समेत स्थानीय नागरिकलाई जानकारी दिने गरिएको उनले बताए ।
आयुर्वेद स्वास्थ्य सेवामा नगरबासीहरुको सहज पहुँच पुर्याउनका लागि आयुर्वेद औषधालयबाट टाढा रहेका वडाहरुमा शिविरको आयोजना गर्ने गरिएको दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले बताए । आगामी दिनमा समेत यस्ता शिविरलाई निरन्तरता दिने उनले बताए ।
यसअघि पनि विभिन्न वडामा शिविरमार्फत आयुर्वेद स्वास्थ्य सेवा प्रदान गरिएको आयुर्वेद शाखा प्रमुख कलौनीले बताए ।