Sagun Khabar
बैतडीको सुर्नयामा बालविकास शिक्षकहरुको लागि मण्टेश्वरी तालिम सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा बालविकास शिक्षकहरुका लागि तीन दिने मण्टेश्वरी तालिम सम्पन्न गरिएको छ । 

गाउँपालिकामा सञ्चालन गरिएको तालिममा बालविकास शिक्षकहरुको सहभागिता रहेको थियो । मण्टेश्वरी विधिबाट शिक्षण सिकाइ प्रक्रियालाई अगाडि बढाउन सहज होस भनेर तालिमको आयोजना गरिएको सुर्नया गाउँपालिकाका शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थीले बताए । 

तालिममा गाउँपालिका रहेका बालविकास केन्द्रका शिक्षकहरुको सहभागिता रहेको थियो । बालबालिकाहरुको सिकाइ प्रक्रियालाई सहज बनाउन तालिमले महत्वपूर्ण भूमिका खेल्ने शिक्षा शाखा प्रमुख अवस्थीले बताए । 

तालिममा प्रशिक्षक पुष्पराज लेखकले मण्टेश्वरी विधिका बारेमा बालविकास शिक्षकहरुलाई जानकारी गराएका थिए । 

तालिमका माध्यमबाट बालविकास शिक्षकहरुको क्षमता अभिवृद्धि गराइ शिक्षण सिकाइमा सहयोग पुग्ने विश्वास लिइएको शिक्षा शाखा प्रमुख अवस्थीले बताए । तालिममा बालविकास शिक्षकहरुलाई शिक्षण पद्दतिका साथै शैक्षिक सामग्री निर्माणका बिषयमा व्यवहारिक ज्ञान दिइएको उनले बताए । 

सुर्नया गाउँपालिकाभित्र २९ ओटा बालविकास केन्द्रहरु सञ्चालनमा रहेका छन् । विद्यालयभित्र सञ्चालनमा रहेका बालविकास केन्द्रहरुमध्ये २२ ओटा संघीय सरकारको कोटामा सञ्चालनमा रहेका छन् भने ७ ओटा गाउँपालिकाको कोटामा सञ्चालनमा रहेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update