बैतडीको पुर्चौंडीमा एक किशोरी मृत फेला 
                        
                        
                                                
                                             
                                                                    बैतडी–बैतडीमा एक किशोरी मृत फेला परेकी छन् ।
जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ५ असौडाकी १७ बर्षीया मञ्जु बोहरा मृत फेला परेकी त्यहाँबाट पत्रकार हरि साउँदले जानकारी दिए । उनी आफ्नै सुत्ने कोठामा मृत फेला परेकी हुन् । 
भूमीराज मावि काँटै गहताडमा कक्षा ९ मा अध्ययनरत बोहराको मृत्युको कारण भने खुल्न सकेको छैन् । 
यसैबीच विद्यालयमा अध्ययनरत छात्रा मञ्जु बोहराको निधन भएपछि विद्यालयले आज शोक बिदा दिएको छ ।
प्रकाशित मिति: सोमबार, असार ९, २०८२  १०:११
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    