Sagun Khabar
बैतडीको पञ्चेश्वरमा स्वास्थ्य शिविर सम्पन्न, १३ सय बढीले सेवा लिए 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाको दुई ठाउँमा सञ्चालन भएको शिविरमा १३ सय बढी नागरिकले सेवा लिएका छन् । 

गाउँपालिकाको वडा नं ३ स्थित कुलाउ र वडा नं ५ स्थित गणमेश्वर आधारभूत विद्यालयमा शिविर सञ्चालन भएको गाउँपालिकाका पोषण सहजकर्ता नारायणराम सार्कीले बताए । 

शनिबारबाट शुरु भएको शिविर दुई कुलाउ र एक तीन गिरेगडामा सञ्चालन भएको उनले बताए । उक्त शिविरबाट १ हजार ३ सय ८३ जनाले सेवा लिएका सार्कीले बताए । 

कुलाउमा ९ सय २० जना र गिरेगडामा ४ सय ६३ जनाले सेवा लिएका बताइएको छ । 

स्वस्तीक अस्पताल धनगढी कैलाली र पञ्चेश्वर गाउँपालिका बैतडीको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । स्थानीय नागरिकलाई बिशेषज्ञ स्वास्थ्य सेवा गाउँघरमै उपलब्ध गराउने उद्देश्यसहित शिविरको आयोजना गरिएको उनले बताए । 

शिविरमा मुटु,छाती, प्रेसर, सुगर, थाइराइड लगायतका रोगहरुको बिशेषज्ञ चिकित्सकहरुले उपचार गरेको उपाध्यक्ष बिना भट्टले बताइन् । शिविरबाट स्थानीय नागरिक लाभान्वित भएका उनले बताइन् । 
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update