बैतडीको दशरथचन्द नगरपालिकाले ल्यायो ८८ करोड ३८ लाखको बजेट 
                        
                        
                                                
                                             
                                                                    बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ८८ करोड ३८ लाख ५० हजार ७१६ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
नगर उपप्रमुख कौशिला चन्दले नगरसभामा पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको नगरपालिकाका सूचना अधिकारी राजेन्द्र बिष्टले जानकारी दिए ।
यस्तै नगरसभामा नगर प्रमुख पुष्करराज जोशी (लख्खाभाइ)ले पेश गरेको नीति तथा कार्यक्रम पनि सर्वसम्मत पारित भएको छ ।
स्थानीय आवश्यकताका आधारमा बजेट ल्याइएको नगरपालिकाले दाबी गरेको छ ।
बजेटमा शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी बिष्टले बताए । 
 
प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १८:५९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    



 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                     
                    

 
                     
                     
                     
                     
                     
                     
                     
                    