Sagun Khabar
पुर्चौंडीले गाउँ फर्क अभियान सञ्चालन गर्ने, आगामी बर्षको बजेट ६४ करोड १२ लाख 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ६४ करोड १२ लाख बराबरको बजेट ल्याएको छ । 

मंगलबार उपप्रमुख मीना धानुकको निर्देशनमा नगर प्रवक्ता धिरेन्द्रबहादुर बमले उक्त बजेट नगर सभामा पेश गरेका हुन् । 

यस्तै नगरसभाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीशप्रसाद जोशीले जानकारी दिए । 

नगरपालिकाले बसाइसराई गरेर नगर क्षेत्रमा आउने नागरिकलाई नगदसहित नागरिक अभिनन्दन गर्ने नीति लिएको छ । नागरिकस्तरबाट गाउँ फर्क अभियान सञ्चालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै प्राकृतिक पोखरी पुनर्भरण कार्यक्रम सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी शिक्षक सक्रिय राजनीतिमा लागेको पाइएमा जिम्मेवारीबाट मुक्त गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 
नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने नगर प्रमुख दिपकबहादुर बमले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update