गाडीले ठक्कर दिँदा सुर्नयाका महेश साउँदको भारतमा मृत्यु

बैतडी–बैतडीको सुर्नया घर भएका एकजना युवकको भारतमा मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका–८ सेला घर भएका २५ बर्षीय महेश साउँदको गाडीले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको उनका काका रामबहादुर साउँदले बताए ।
भारतको हरियाणा पिपलिको एक होटेलमा काम गर्दै आएका साउँदलाई बुधबार राति ११ बजेतिर होटेलबाट कोठामा फर्किदै गर्दा गाडीले ठक्कर दिएको थियो ।
मृतक साउँदका घरमा श्रीमती, ५ बर्षीय छोरा र बुवा रहेका छन् ।
केही बर्ष पहिलादेखि भारतमा काम गर्दै आएका साउँद पछिल्लो पटक एक महिना अगाडि मात्रै हरियाणा गएका थिए । कमाउनका लागि भारत पसेका साउँदको अल्पायुमै मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको उनका काका रामबहादुर साउँदले बताए । घरको कमाउने मान्छे भारतमै अस्ताएपछि घरपरिवारको विचल्ली भएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १२, २०८२ १०:०८
प्रतिक्रिया दिनुहोस्