Sagun Khabar
सिद्धेश्वर मावि मेलचौराको शौचालय निर्माणमा महालक्ष्मी विकास बैंकको सहयोग 

बैतडी –बैतडीको पाटन नगरपालिका–१ स्थित सिद्धेश्वर मावि मेलचौरामा शौचालय निर्माणका लागि महालक्ष्मी विकास बैंक पाटन शाखाले सहयोग गरेको छ । 

महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत उक्त विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । शुक्रबार एक कार्यक्रमकाबीच महालक्ष्मी विकास बैंक लिमिटेडले दुई कोठे छात्रछात्रा शौचालय निर्माणको लागि ५० हजार रुपैयाको चेक विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ । 

सिद्धेश्वर मावि शौचालयको आवश्यकता रहेको र विद्यार्थीहरुको माग बमोजीम सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग रकम हस्तान्तरण गरिएको बैंकका कर्जा सहायक महेश बिष्टले जानकारी दिए ।

महालक्ष्मी विकास बैंकले विगतदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । 

शुक्रबार विद्यालयमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालय शिक्षक, विद्यार्थी, अभिभावक र महालक्ष्मी विकास बैंक पाटनमा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update