Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु 

बैतडी–बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको सिगास गाउँपालिका –२ खोल्टेकी ५० बर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको जनाइएको छ । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो । 
घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो ।  

मृतक धामीका श्रीमान, एक छोरा र एक छोरी रहेका छन् । 

अल्पायुमै धामीको निधन भएपछि पुरै गाउँ शोकमा डुबेको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update