
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको छ । (ग) वर्गको अपांगता भएका पालिकाभित्रका १ सय १० जनालाई बाख्रा वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मञ्जु बोहराले बताइन् ।
प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय,सुर्नया गाउँपालिका र सर्वाङ्गिण अपांगता विकास समाज नेपालको संयुक्त सहकार्यमा अपांगता भएका व्यक्तिहरुलाई बाख्रा वितरण गरिएको हो ।
अपांगता भएका नागरिकहरुको जिविकोपार्जनमा सहयोग पुर्याउनका लागि बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
अपांगता भएका व्यक्तिहरुलाई उद्यमसंग जोड्न र उनीहरुको जिविकोपार्जनमा सहयोग पुर्याउन बाख्रा वितरण गरिएको साझेदार संस्था सर्वाङ्गिण अपांगता विकास समाज नेपालका प्रतिनिधि ओमप्रकाश भट्टले बताए । प्रति व्यक्ति एक बाख्राका दरले १ सय १० जनालाई बाख्रा वितरण गरिएको उनले बताए ।
अपांगता भएका व्यक्तिहरुलाई स्वरोजगार बनाउन स्थानीय सरकारका तर्फबाट गर्न सकिने सहयोग गर्न सदैव तत्पर रहेको अध्यक्ष कुँवरले बताए ।
पालिकाभित्र रहेका अपांगता भएका व्यक्तिहरुलाई राज्यका सेवा सुविधा पुर्याउन आफूहरु क्रियाशील रहेको उपाध्यक्ष बोहराले बताइन् ।