
बैतडी–बैतडीबाट एसईईमा सहभागी भएका विद्यार्थी मध्ये ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा सञ्चालन भएको एसईईमा ४ हजार ३०७ जना परीक्षार्थी मध्ये ४ हजार २ सय १८ जना सहभागी भएका थिए । परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए ।
परीक्षामा सहभागी भएकामध्ये २ हजार २ सय ६ जना उत्तीर्ण भएका छन् भने २ हजार १२ जना ननग्रेड भएका छन् ।
ग्रेडेड भएका मध्ये ३.६ देखि ४ भन्दा कम जिपिए ल्याउने २९ जना रहेका छन् । यस्तै ३.२ देखि ३.६ भन्दा कम जिपिए ल्याउने ३ सय ८ जना रहेका सूचना अधिकारी शर्माले बताए ।
यस्तै २.८ देखि ३.२ भन्दा कम जिपिए ल्याउने ८ सय ६५ जना रहेका छन् भने २ देखि २.४ जिपिए भन्दा कम अंक ल्याउने १ सय ३५ जना रहेका सूचना अधिकारी शर्माले बताए ।
बैतडीमा १ सय २८ ओटा सामुदायिक र ५ ओटा संस्थागत विद्यालयका परीक्षार्थीहरुले एसईई सहभागिता जनाएका थिए ।
गत बर्ष बैतडीबाट एसईईमा सहभागी भएका ३१ दशमलव ४९ परीक्षार्थी उत्तीर्ण भएका थिए ।