Sagun Khabar
किशोरकिशोरीहरुलाई जीवनोपयोगी सीप सिकाउँदै परोपकार ग्रामीण विकास संघ 

बैतडी–बैतडीमा कार्यरत गैरसरकारी संस्था परोपकार ग्रामीण विकास संघले किशोरकिशोरीहरुलाई जीवनोपयोगी सीप सिकाइरहेको छ । 

गल्स फस्ट फण्डको सहयोगमा किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि र बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिरहेको संस्थाले किशोरकिशोरीहरुलाई जीवनोपयोगी सीप सिकाउने कार्य गरिरहेको कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । 

पाटन नगरपालिका वडा नं २ र ६ मा सञ्चालनमा रहेको उक्त कार्यक्रम अन्तर्गत किशोरकिशोरीहरुलाई प्रस्ताव लेखक, बायोडाटा लेखन लगायतका बिषयमा जानकारी दिइएको कार्यक्रम संयोजक भट्टले बताइन् । 

वडा नं २ र ६ का रुपान्तरण कक्षामा सहभागी एक सय बढी किशोरकिशोरीहरुलाई प्रस्तावना लेखन र बायोडाटा लेखन सीप सिकाइएको परोपकार ग्रामीण विकास संघका अध्यक्ष लोकेन्द्रप्रसाद पन्तले बताए । किशोरकिशोरीहरुका लागि प्रस्तावना लेखन र बायोडाटा लेखन सीप आवश्यक भएकाले उनीहरुलाई यो बिषयमा जानकारी दिइएको उनले बताए । 

वडा नं २ र ६ मा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरेर प्रयोगात्मक रुपमा किशोरकिशोरीहरुलाई उक्त सीप सिकाइएको अध्यक्ष पन्तले बताए । 

रुपान्तरण कक्षामार्फत किशोरकिशोरीहरुको क्षमता अभिवृद्धिमा काम गरिरहेको संस्थाले किशोरकिशोरीहरुलाई भोलिका दिनमा सहज होस भनेर प्रस्तावना लेखन र बायोडाटा लेखनसम्बन्धी ज्ञान दिन कार्यक्रम राखेको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्तप्रसाद अवस्थीले बताए । 

प्रस्तावना लेखन र बायोडाटा लेखनका बिषयमा किशोरकिशोरीहरुलाई जानकारी हुँदा उनीहरुलाई विभिन्न ठाउँमा सहज हुने श्रीकृष्ण मावि पाटनकी किशोरकिशोरी फोकल शिक्षक राजश्री बिष्टले बताइन् । 
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update