Sagun Khabar
सुरक्षित वैैदेशिक रोजगारीसम्बन्धी सञ्चारकर्मीहरुसँग अन्तरक्रिया

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा सुरक्षित वैैदेशिक रोजगारी सम्बन्धी संञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  दशरथचन्द नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजना तथा सामीको आर्थिक सहयोगमा अन्तरक्रिया सम्पन्न गरिएको नगरपालिकाका रोजगार संयोजक नन्दराज जोशीले बताए । 

अहिले दशरथचन्द नगरपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम (सामी) सञ्चालनमा रहेको छ । सामी कार्यक्रमले वैदेशिक रोजगारमा जाने, गएका र उनीहरुका आफन्तहरुसंग सूचना, न्याय, सीप, वित्तिय साक्षरता र मनोसमाजिक परामर्श क्षेत्रमा काम गरिरहेको छ ।

नगरपालिकाले श्रम स्वीकृती र पूनः श्रमस्वीकृती पनि दिइरहेको जोशीले बताए । चालु आर्थिक वर्षमा नगरपालिकाको यो कार्यक्रमबाट २ जनाले श्रमस्वीकृती र ४९ जनाले पुन: श्रम स्वीकृती लिएका छन् । 

नेपालमा सन २०११ देखि लागु भएको सामी कार्यक्रम प्रभावकारी बन्दै गएकाले अहिले स्थानीयत तहहरुले समेत यो कार्यक्रम लागू गर्न खोजिरहेका सामी कार्यक्रम अधिकृत विष्णु आर्यालले बताए । अधिकृत आर्यालले एक वर्षको अवधीमा भएका गतिविधीको समिक्षा र सुरक्षित अप्रवासन कार्यक्रम सम्बन्धि जानकारी गराएका थिए । 

यस्तै कार्यक्रममा दशरथचन्द नगरपालिकाको रोजगारशाखाले चालु आर्थिक वर्षमा ५८ लाख बजेट विनियोजित गरी ३२ योजना निर्माण सम्पन्न गरेको समेत जानकारी गराइएको थियो । 

कार्यक्रममा बोल्दै नगर प्रमुख पुष्करराज जोशी (लाख्खाभाइ)ले स्थानीय  सरकारले गरिरहेका कामहरुको बारेमा आमनागरिकलाई जानकारी गराउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने बताए ।  
 

प्रकाशित मिति: शनिबार, असार १४, २०८२  १७:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update