
बैतडी– चौलानी नदीमा हाम फालेर बेपत्ता भएका बैतडीका महेश रानाको शव फेला परेको छ ।
डिलाशैनी गाउँपालिका–३ का २६ बर्षीय रानाले सोमबार बिहान साढे ६ बजेतिर चौलानीमा हाम फालेका थिए । रानाले चौलानीमा हाम फालेपछि खोजी गर्र्दै जाँदा सोमबार दिउँसो १ बजेतिर उनको शव दार्चुलाको शैल्यशिखर नगरपालिका–९ चौलानी नदी किनार डुंगाड बगड भन्ने स्थानमा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
दार्चुलामा क्षेत्रमा रानाको शव फेला परेकाले घटनाका बिषयमा थप अनुसन्धानको कार्य दार्चुला प्रहरीले गरिरहेको छ । रानाको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताए ।
रानाले चौलानी नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन् । घटना बिषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।