Sagun Khabar
गृहमन्त्री लेखक आज बैतडी आउँदै 

बैतडी–गृहमन्त्री रमेश लेखक आज बैतडी आउने कार्यक्रम रहेको छ । लेखक पुख्र्यौली घर बैतडीमा पारिवारिक र धार्मिक कार्यक्रममा सहभागी हुन आउने कार्यक्रम रहेको उनका स्वकीय सचिव जनक भट्टले बताए । 

मन्त्री लेखक बुधबार साँझ बैतडी पुग्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए । 

बैतडीमा रहँदा उनले पार्टीका नेता तथा कार्यकर्ताहरुसंग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ । 

मन्त्री लेखकको सहभागितामा आज साँझ ५ बजे पाटनमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको सभापति चन्दले बताए । यस्तै मन्त्री लेखकको सहभागितामा बिहीबार बिहान ८ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 

मन्त्री लेखकले प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको बताइएको छ । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update