मन्त्री भण्डारी गृह जिल्ला आउदै

बैतडी- नेपाल सरकारका उध्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी गृह जिल्ला बैतडी आउने भएका छन् ।
बुधबार मन्त्री भण्डारी बैतडी आउने कार्यक्रम रहेको मन्त्रालय स्रोतले जनाएको छ । नेकपा एमाले बैतडीका अध्यक्ष नरेस बिकका अनुसार बिहिबार मन्त्री भण्डारी नेकपा एमालेको जिल्ला कमिटी बैठकमा सहभागी हुने कार्यतालिका रहेको बताइएको छ ।
मन्त्री भण्डारी त्यसअघि बिहीबार नै दोगडाकेदार गाउँपालिका पुग्ने बताइएको छ । दोगडाकेदार गाउँपालिकाको पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा कार्यक्रममा सहभागी हुन बिहीबार मन्त्री भण्डारी दोगडाकेदार गाउँपालिका पुग्ने छन ।
प्रकाशित मिति: बुधबार, असार १८, २०८२ ११:४५
प्रतिक्रिया दिनुहोस्