दोगडाकेदार–३ मा रास्वपाको वडा अधिवेशन, सभापतिमा भट्ट चयन

बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा वडा समिति गठन गरेको छ ।
आइतबार सम्पन्न भएको अधिवेशनले हरिदत्त भट्ट सभापति रहने गरेर वडा समिति गठन गरेको रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले बताए ।
उक्त समितिको उपसभापतिमा कपिल पाण्डेय, सचिवमा मोहनसिंह बिष्ट,सदस्यहरुमा जगदीश चन्द, मनोज बराल, गंगादत्त भट्ट, रमेश जोशी, खेमानन्द भट्ट र गम्भीरराम भुल चयन भएका छन् ।
यसअघि दोगडाकेदार गाउँपालिकाको वडा नं १, ५ र ६ मा वडा अधिवेशन सम्पन्न गरिसकिएको जोशीले बताए ।
पछिल्लो समयमा रास्वपाले जिल्लाभरी संगठन विस्तारमा तीव्रता दिएको र मिसन ८४ लक्षित संगठन विस्तार गरिरहेको जोशीले दाबी गरे ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ ०७:५५
प्रतिक्रिया दिनुहोस्