
बैतडी –बैतडीकोे दोगडाकेदार गाउँपालिका–२, ढिकगाडका ४४बर्षीय रणबहादुर कुँवरको उपचारमा आर्थिक अभाव भएको छ ।
भारतको बैंगलोरस्थित माता अस्पतालमा उपचार गराइरहेका कुँवरको फोक्सो प्रत्यारोपण गर्नुपर्ने भएको छ ।
लामो समयदेखि उपचारमा रहेका कुँवरको अब फोक्सो प्रत्यारोपण गर्नुपर्ने र त्यसका लागि आर्थिक अभाव रहेको उनका भाइ अर्जुन कुँवरले बताए । कुँवरको उपचारमा अहिलेसम्म धेरै रुपैयाँ खर्च भइसकेको र अब घरको कमाइले उपचार गर्न सक्ने अवस्था नरहेको बताइएको छ ।
रणबहादुर कुँवरको प्राण रक्षाका लागि सम्पूर्ण सहयोगी मनकारी व्यक्तिहरुलाई परिवारजनले सहयोगका लागि अपिल गरेका छन् ।
कुँवरको प्राण रक्षाका लागि बिरामी रणबहादुर कुँवरका भाइ अर्जुन कुँवरलाई ९८४८९७२४११ मा सम्पर्क गरी वा सोझै राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर ४०५०१००१२९२८४०१० मा रकम जमा गर्न सकिनेछ ।
सबैको सहयोगले कुँवरको प्राण रक्षामा टेवा पुग्ने भएकाले सहयोगका लागि आग्रह गरिएको छ ।