
बैतडी –नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको ४१ औं बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीको गोठलापानीस्थित नवनिर्मित भवनमा बार्षिक साधारण सभा सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका सभापति विष्णुदत्त अवस्थीको अध्यक्षतामा भएको बार्षिक साधारण सभामा जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामी प्रमुख अतिथी रहेका थिए । साधारण सभामा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल विशिष्ट अतिथी रहेका थिए ।
बार्षिक साधारण सभामा मन्त्री भण्डारीले सांगठनिक र उप कोषाध्यक्ष सुदर्शन लेखकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
बार्षिक साधारणमा जिल्लामा रहेका २३ ओटा उपशाखामध्ये २० ओटाको सहभागिता रहेको मन्त्री भण्डारीले बताए ।
बार्षिक साधारण सभाले रेडक्रसका गतिविधिलाई चलायमान बनाउने निर्णय समेत गरेको छ । विपद्को समयमा मानवीय सेवा तल्लीन रहने संस्थाले आफ्ना सबै सदस्यहरुलाई सक्रिय बनाउने भण्डारीले बताए ।