मानव अधिकार एलायन्स स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण

बैतडी–बैतडीमा मानवअधिकार एलायन्सको २६औं स्थापना दिवसको अवसरमा शैक्षिक सामग्री वितरण गरिएको छ ।
दशरथचन्द नगरपालिका–४ स्थित विरेन्द्र मावि शाहीलेकको छात्रावासमा बस्ने विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको एलायन्सका केन्द्रीय सदस्य कल्पना रानाले बताइन् ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा केन्द्रिय सदस्य रानासंगै एलायन्सका जिल्ला अध्यक्ष देवराम लुहार, वडा न ४ का वडा सदस्य मोहन थापा लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: आइतबार, असार २९, २०८२ १८:०९
प्रतिक्रिया दिनुहोस्