Sagun Khabar
दोगडाकेदारको बित्तिय प्रगति ८९ प्रतिशत 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले गत आर्थिक बर्ष २०८१÷८२ मा ८९ प्रतिशत बित्तिय प्रगति भएको जनाएको छ । गाउँपालिकाले गत आर्थिक बर्षको बजेट र खर्च विवरण सार्वजनिक गर्दैै गत आर्थिक बर्षमा ५२ करोड १३ लाख २० हजार ५ सय रुपैयाँ बजेटमध्ये ४६ करोड ४० लाख २१ हजार ५ सय १ रुपैयाँ अर्थात ८९ प्रतिशत खर्च भएको जनाएको छ । 

गाउँपालिकाले पूँजीगततर्फ १४ करोड ८ लाख ४० हजार बजेटमध्ये १२ करोड २८ लाख ७० हजार ५ सय ४० रुपैयाँ खर्च भएको छ । यो पूँजीगततर्फको बजेटको ८७.२६ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ । 

यस्तै गाउँपालिकाले चालतर्फ ८९.६५ प्रतिशत बजेट खर्च भएको जनाएको छ । गाउँपालिकाको चालुतर्फको ३८ करोड ५ लाख १६ हजार ५ सय रुपैयाँ बजेटमध्ये ३४ करोड ११ लाख ५० हजार ९ सय ६१ रुपैयाँ खर्च भएको जनाएको छ । 

Kharch-1752810339.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन २, २०८२  ०९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update