Sagun Khabar
रास्वपाले बैतडीको मेलौली–८ का टोलमा स्ट्रेचर वितरण गर्यो 

बैतडी –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मेलौली नगरपालिका –८ अन्तर्गतका टोलहरुमा स्ट्रेचर वितरण गरेको छ । 

ग्रामीण क्षेत्रमा बिरामी भएकाहरुलाई स्वास्थ्य संस्थामा पुर्याउन सहज होस भनेर स्ट्रेचर वितरण गरिएको रास्वपाका वडा सभापति विश्राम ठगुन्नाले बताए । 

स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्तिहरुबाट चन्दा संकलन गरेर स्ट्रेचर खरीद गरी वितरण गरिएको उनले बताए । करीब २३ हजार ५ सय रुपैयाँको लगानीमा स्ट्रेचर खरीद गरी टोलहरुमा वितरण गरिएको रास्वपाका सक्रिय सदस्य डम्मर ठगुन्नाले बताए । 

मेलौली नगरपालिका वडा नं ८ को जमाडी टोल, गैरी टोल, नयाँ टोल, ल्वास लगायतका टोलहरुमा स्ट्रेचर वितरण गरिएको हो । 

गाउँघरका नागरिकहरुलाई सहज होस भनेर रास्वपाको वडा समितिको सक्रियतामा स्ट्रेचर वितरण गरिएको रास्वपा बैतडीका उपसभापति हेमन्त ऐरले बताए । 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  ०७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update