
बैतडी–आज बैतडीसहित ४१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको बाढी पूवानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिमका बैतडी, बझाङ र डोटी जिल्ला भइ बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।
यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली केही जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको बताइएको छ ।
बाढीको जोखिम भएका जिल्ला आसपास भई बहने खोला तथा नदीमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच आज रातिदेखि कोशी र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् उज्ववल उपाध्यायका अनुसार भोलि दिउँसोदेखि पर्सि सोमवार बिहानसम्म देशभर ठूलो वर्षा हुन सक्ने सम्भावना छ ।
कोशी, बागमती र गण्डकी जलाधार क्षेत्रमा अत्यधिक पानी पर्नसक्ने भएकाले पर्सि सोमवारसम्म सकभर लामो दूरीको यात्रा नगर्न पनि उनको सुझाव छ ।