Sagun Khabar
‘लाटापन्त’देवताका धामी पन्तको निधन 

बैतडी–बैतडीको पाटन नगरपालिका–३ गुजरस्थित प्रसिद्ध ब्रह्मरुपी लाटापन्त देवताका धामीको निधन भएको छ ।  

पाटन नगरपालिका–३ गुजर घर भएका ६७ बर्षीय धामी ईश्वरदत्त पन्तको शनिबार निधन भएको उनको पारिवारिक श्रोतले जनाएको छ । 

पछिल्लो समयमा श्वासप्रश्वास लगायतको समस्याबाट पीडित पन्तको आफ्नै घरमा निधन भएको हो । पन्तको वनारसी आर्यघाटमा आज अन्त्येष्टी गरिने परिवारजनले जनाएका छन् । 

पन्तको निधनबाट एक सामाजिक र धार्मिक व्यक्तित्वको अवसान भएको स्थानीयहरुले बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ०७:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update