बैतडीमा भीरबाट लडेर एक महिला गम्भीर घाइते

बैतडी –बैतडीमा भीरबाट लडेर एक महिला घाइते भएकी छन् ।
जिल्लाको पाटन नगरपालिका–८ रिसेडीकी ६९ बर्षीया गौरा मडै भीरबाट लडेर गम्भीर घाइते भएकी हुन् ।
बाख्रा चराउन गएकी मडै आइतबार दिउँसो १२ बजेतिर खैरे खोला भीरबाट लडेर घाइते भएकी पाटन नगरपालिका –८ का वडा सदस्य कृष्ण महराले जानकारी दिए । करीब डेढसय मिटर तल खसेकी उनको टाउको र शरीरका अन्य भागमा चोट लागेको बताइएको छ ।
घाइते मडैलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । डडेल्धुरा अस्पतालले थप उपचारका लागि धनगढी रेफर गरेको वडा सदस्य महराले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ १७:४८
प्रतिक्रिया दिनुहोस्