Sagun Khabar
बैतडीको दोगडाकेदारमा नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशी हाजिर 

बैतडी –बैतडीको दोगडाकेदार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।

बैतडीको डिलाशैनी गाउँपालिका घर भएका नरेशराज जोशी दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर भएका हुन् । 

जोशीलाई केही दिन पहिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दोगडाकेदार गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो । 

नयाँ प्रमुख प्रशासकीय अधिकृत जोशीलाई सोमबार गाउँपालिकामा स्वागत गरिएको छ । गाउँपालिकामा हाजिर भएका उनलाई गाउँपालिकका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका गाउँपालिकाका प्रवक्ता दिनेशप्रसाद भट्टले बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update