Sagun Khabar
मणिलेक बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण 

बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित मणिलेक बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । 

क्याम्पसको नवनिर्मित भवन परिसरमा सोमबार वृक्षारोपण गरिएको मणिलेक माविका शिक्षक अर्जुन कुँवरले बताए । 

डिभिजन वन कार्यालयबाट प्राप्त भएका विभिन्न प्रजाति ५ सय बढी विरुवा रोपण गरिएको शिक्षक कुँवरले बताए ।

क्याम्पसको ४१ रोपनी जमीन क्षेत्रभित्र वृक्षारोपण गरिएको क्याम्पस प्रमुख भगीरथसिंह नेगीले बताए । 

वृक्षारोपण कार्यक्रममा क्याम्पस प्राध्यापक, विद्यार्थी र स्थानीयहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update