Sagun Khabar
कांग्रेस बैतडीका पुराना नेता पार्कीको काठमाण्डौंमा उपचार हुँदै, सभापति चन्दले गरे भेटघाट 

बैतडी–आन्द्रामा समस्या आएपछि नेपाल प्रहरी अस्पताल काठमाण्डौंमा उपचार गराइरहेका कांग्रेस बैतडीका पुराना नेता शेरीराम पार्कीसंग कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले भेटघाट गरेका छन् । 

बैतडीका मेलौली घर भएका नेता पार्कीको पछिल्लो समयमा काठमाण्डौंमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्थाको बारेमा सभापति चन्दले जानकारी लिएको नेविसंघ बैतडीका अध्यक्ष दिपेन्द्र ढुंगालले बताए । 

नेता पार्कीलाई भेट्न सभापति चन्दका साथै क्षेत्रीय सभापति शिवराज भट्ट पनि अस्पताल पुगेका थिए । पार्कीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नेविसंघ अध्यक्ष ढुंगालले जानकारी दिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update