Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु 

बैतडी –बैतडीमा भीरबाट लडेर एक किशोरीको मृत्यु भएको छ । 

जिल्लाको पुर्चौंडी नगरपालिका–५ दहतोली,परगैरा घर भएकी १७ बर्षीया रश्मी बोहराको बुधबार भीरबाट लडेर मृत्यु भएको हो । 

घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहरा चिप्लेर लडेकी थिइन् । भीरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको भूमीराज मावि गहताडका निमित्त प्रधानाध्यापक अशोकबहादुर कुँवरले बताए ।  

बोहरा भूमीराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन् । 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update