Sagun Khabar
रौलेश्वर मावि रामकी बरायलमा पूर्व विद्यार्थी समाज गठन

बैतडी – बैतडीको सुर्नया गाउँपालिका–५ स्थित रौलेश्वर मावि रामकी बरायलमा पूर्व विद्यार्थी समाज गठन गरिएको छ । 

बिहीबार विद्यालयमा भएको भेलाले पूर्व विद्यार्थी समाजको तदर्थ समिति गठन गरेको हो । उक्त समितिले विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुलाई एकसुत्रमा बाँधेर विद्यालयको उन्नतिमा सहयोग पुर्याउने बताएको छ । 

धीरबहादुर मडैको अध्यक्षतामा गठन भएको १३ सदस्यीय समितिको उपाध्यक्षमा डम्मर महरा रहेका छन् । यस्तै समितिको सचिव देव महरा र कोषाध्यक्षमा मनिषा बिष्ट रहेका छन् । 

समितिको अन्य सदस्यहरुमा भरत मडै, धनबहादुर मडै, तारा बिष्ट, धनबहादुर बिष्ट, जगदीश बिष्ट, मोहनसिंह भण्डारी, मानबहादुर मडै, जयबहादुर बिष्ट र लक्ष्मी विक रहेका छन् । 

समितिले रौलेश्वर माविमा अध्ययन गरेका विद्यार्थीहरुलाई एक ठाउँमा राखेर अर्को समिति गठन गर्ने बताइएको छ । सामाजिक सञ्जाल र अन्य माध्यमबाट पूर्व विद्यार्थीहरुलाई एकत्रित गर्ने प्रयास गरिने समितिका अध्यक्ष धीरबहादुर मडैले बताए । 

रौलेश्वर माविको शैक्षिक, भौतिक र अन्य पक्षको विकासका लागि पूर्व विद्यार्थीहरुबाट गर्न सकिने सबै प्रकारको सहयोग गर्न समिति गठन गरिएको हो । 

समितिले विद्यालयको चौतर्फी विकासमा टेवा पुर्याउने समितिका सचिव देव महराले बताए । 

रौलेश्वर मावि रामकी बरायलमा अहिले कक्षा १२ सम्मको पढाइ हुने गरेको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update