Sagun Khabar
बैतडीको डिलाशैनीमा आज शोक बिदा 

बैतडी–बैतडीको डिलाशैनी गाउँपालिकाले आज शोक बिदा दिएको छ । 

गाउँपालिकाको वडा नं ५ स्थित कुस्मावती आधारभूत विद्यालय नगराउँमा कार्यरत बालविकास सहजकर्ता पशुपति बोहराको निधन भएकाले शोक बिदा दिइएको गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।  

गाउँपालिकाले एक शोक वक्तव्य जारी गर्दै बोहराको ३४ बर्षको अल्पायुमै निधन भएकोमा दुःख व्यक्त गरेको छ । बोहराको निधन भएको शोकमा आज गाउँपालिका मातहतका सबै वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतका सरकारी कार्यालयहरुमा शोक बिदा रहेको प्रवक्ता भट्टले बताए । 

मुटु सम्बन्धी समस्याबाट पीडित बोहराको उपचारकै क्रममा शुक्रबार बिहान ९ बजे काठमाण्डौं मेडिकल कलेजमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । मृतक बोहराको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको जनाइएको छ । 
pasupati-Bohara-1753418315.jpg
 

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update