Sagun Khabar
बैतडीमा एक पुरुष मृत फेला 

बैतडी –बैतडीमा एक पुरुष मृत फेला परेका छन् । 

जिल्लाको डिलाशैनी गाउँपालिका–३ बगडी घर भएका अन्दाजी ४६ बर्षीय रघुबीर बोहरा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । 

बोहराको शव शनिबार साँझ ६ बजेतिर घर नजिकैको सडक छेउमा फेला परेको प्रहरी निरीक्षक पाण्डेयले बताए । मृतकको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ । 

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update