Sagun Khabar
पहिरो पन्छ्याउने सहमतिपछि वडा कार्यालयमा गरिएको तालाबन्दी खुल्यो 

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिका वडा नं १० को कार्यालयमा गरिएको तालाबन्दी खुलेको छ । 

विजयपुर–सिल्लेगडा सडकखण्डबाट खसेको पहिरोका कारण स्थानीयहरुका घर जोखिममा परेका र पहिरो पन्छ्याउनुपर्ने माग गर्दै स्थानीयहरुले मंगलबार बिहान वडा कार्यालयमा तालाबन्दी गरेका थिए । 

एक÷दुई दिनभित्रै सडकबाट खसेको पहिरो पन्छ्याउने सहमति भएपछि वडा कार्यालयमा गरिएको तालाबन्दी खोलिएको स्थानीय अम्मर महराले जानकारी दिए । 

कार्यवाहक वडा अध्यक्ष गोपालसिंह महरा लगायतको उपस्थितीमा भएको छलफलमा पहिरो पन्छ्याउने सहमति भएपछि तालाबन्दी खुलेको हो । 

विजयपुर–सिल्लेगडा सडकखण्डबाट खसेको पहिरोका कारण स्थानीयबासिन्दाका पाँच ओटा घर जोेखिममा परेका छन् । सडक तलतिर रहेका घरहरु जोखिममा परेका महराले बताए । 

असार अन्तिम साता र साउन पहिलो हप्ता परेको पानीका कारण पहिरो खसेको बताइएको छ । उक्त पहिरो पन्छ्याउन आग्रह गर्दा समेत आनाकानी गरेको भन्दै स्थानीयहरुले आज वडा कार्यालयमा तालाबन्दी गरेका थिए । 

तालाबन्दीपछि पीडित परिवार र वडा कार्यालयबीच आजै सहमतिपछि तालाबन्दी खोलिएको हो । 
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update