Sagun Khabar
डडेल्धुरामा बिषालु च्याउ खाँदा एक जनाको मृत्यु 

डडेल्धुरा – डडेल्धुरामा बिषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । 

जिल्लाको आलीताल गाउँपालिका–१ फिन्नेगडा मेलखर्कका ७० वर्षीय देवबहादुर बोहराको विषालु च्याउ खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ । 

साउन ७ गते साँझ आफ्नै खेतबारीमा उम्रेको विषालु च्याउ खाएर बिरामी परेका उनलाई आफन्तले दुई दिनपछि मात्र अस्पताल पु¥याएका थिए ।

शरीरमा विष फैलिएका कारण उनी गम्भीर अवस्थामा अस्पताल पुगेका थिए । अवस्था जटिल भएपछि साउन ९ गते उनलाई डडेलधुरा अस्पताल ल्याइएको थियो । आइसियुमा राखेर उपचार गराइरहेका बोहराको मंगलबार साँझ उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक धनी चन्दले बताए । 

वर्षायाम सुरु भएपछि खेतबारी तथा डाँडापाखामा उम्रने जंगली च्याउ पहिचान नगरी खाने क्रममा यस्तो घटना हुने गरेका कारण प्रहरीले सर्वसाधारणलाई जंगली च्याउ नखान र सतर्क रहन आग्रह गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update