Sagun Khabar
बैतडीको दोगडाकेदारमा कांग्रेसको वडास्तरीय प्रशिक्षण शुरु 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेसले वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु गरेको छ । 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको आयोजनामा वडा नं २ बाट वडास्तरीय प्रशिक्षण कार्यक्रम शुरु गरिएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य केशवराज जोशीले बताए । 

वडा नं २ को बडिया कमलपुरमा वडास्तरीय प्रशिक्षण कार्यक्रमको शुरुवात गरिएको हो । 

प्रशिक्षणमा नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रशिक्षण संयोजक बिरबहादुर बिष्टको सहभागिता छ । गाउँपालिकाका आठओटै वडामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने उपसभापति बिष्टले बताए । 

नेपाली कांग्रेसको नीति, विधि, विधान र संगठन विस्तारका बिषयमा प्रशिक्षण कार्यक्रममा छलफल हुने गरेको उपसभापति बिष्टले बताए । नेपाली कांग्रेसका नेता र कार्यकर्ताहरुलाई स्थानीयस्तरदेखि नै प्रशिक्षत गराउन वडास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको उनले बताए । 

प्रशिक्षण कार्यक्रमलाई जिल्लाभरी विस्तार गर्ने पार्टीको योजना रहेको उपसभापति बिष्टको दाबी छ । 

साउन १४ गते वडा नं ८ को कटौंजपानीमा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने बताइएको छ । यस्तै साउन १५ गते वडा नं १ को रीममा, साउन १६ गते वडा नं ६ को सित्तडमा, साउन १७ गते वडा नं ५को न्वालीमा, साउन १८ गते वडा नं ४ को श्रीकेदारमा, साउन १९ गते वडा नं ३ को श्रीकोटमा र साउन २० गते वडा नं ७ को देउलेकमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update