बैतडीको पञ्चेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत धामी हाजिर

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा दल बहादुर धामी हाजिर भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले धामीलाई पञ्चेश्वर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी गाउँपालिकामा हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत धामीलाई आज (विहिबार) एक कार्यक्रमका बीच गाउँपालिका उपाध्यक्ष विना भट्ट लगायतका जनप्रतिनिधि र कर्मचारीहरुले अबिर र खादा लगाएर स्वागत गरेका गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्दले बताए ।
प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२ १६:४०
प्रतिक्रिया दिनुहोस्