
बैतडी - बैतडीको केदार आधारभुत विद्यालयलाई युवाहरुले आर्थिक सहयोग गरेका छन ।
जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ आम्चौरा लाडागाउँ स्थित केदार आधारभुत विद्यालयलाई हार्मोनियम खरिद गर्न युवाहरुले रु बीस हजार आर्थिक सहयोग गरेको बताइएको छ । विद्यालयको आर्थिक स्थिती कमजोर रहेको बेला पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ घर भई कामको सिलसिलामा मलेसियामा रहनु भएका सुरेन्द्र चन्द र पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ घर भई कामको सिलसिलामा मलेसियामा रहनु भएका युवा युवराज चन्दले विद्यालयमा हार्मोनियम खरिद गर्न आर्थिक सहयोग गरेको शिक्षक बिरेन्द्र भट्टले बताए ।
कामको सिलसिलामा विदेशमा रहनु भएका गाउँका युवाहरुले संयुक्त रुपमा केदार आधारभुत विद्यालयलाई आर्थिक सहयोग गरेकोमा विद्यालय परिवारले धन्यवाद व्यक्त गर्दै , आफ्नो तर्फबाट वार्षिकोत्सबमा सहयोगीदाताहरुलाई सम्मान गर्ने योजना रहेको शिक्षक भट्टले बताएका छन ।