Sagun Khabar
जयपृथ्वी राजमार्ग बर्षाका कारण पहिरो खसेपछी अवरुद्ध

बैतडी – बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बर्षाका कारण पहिरो खसेपछी अवरुद्ध बनेको छ । बैतडीको सिगास गाउँपालिका–९ रमिलापूर नजिक पहिरो खसेपछी राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए ।

अविरल बर्षाका कारण गएराती सडक माथी बाट पहिरो खसेपछी राजमार्ग अवरुद्ध बनेको पाण्डेयले  जानकारी दिए । सडक अवरुद्ध बनेपछि बझाङ भित्रीने तथा बाहिरीने सवारीसाधन बिचबाटोमा नै रोकिएका छन् ।

अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउने प्रयास भैरहेको प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेयले बताए ।

 पहिरो सफा गर्न जेसिबीका लागि समन्वय भैरहेको उनले बताए  ।

बर्षातको समयमा बेला बेला सडक अवरुद्ध हुँदा यात्रुहरू समस्यामा पर्ने गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  ०८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update