Sagun Khabar
स्ववियुको पहलमा सेटिगाउँ बहुमुखी क्याम्पसमा नयाँ पुस्तकालयको स्थापना

बैतडी-  बैतडीको सेटिगाउँ बहुमुखी क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनले नयाँ पुस्तकालयको स्थापना गर्नु भएको छ । बुधबार एक कार्यक्रम बीच क्याम्पस प्रमुख राजेन्द्र प्रसाद जोशी र स्ववियु सभापति कृष्ण सिह रावलले उदघाटन गरेका छ्न । 

आफुले गरेको प्रतिबद्धता अनुसार सेटिगाउँ बहुमुखी क्याम्पसमा विद्यार्थीहरूलाई शैक्षिक स्रोत सामग्री सहज रुपमा उपलब्ध गराउने उद्देश्यले नयाँ पुस्तकहरु पुस्तकालयमा अभाव रहेकाले आवश्यक पाठ्यपुस्तक तथा अध्ययन सामग्रीहरू उपलब्ध गराएको स्ववियु सभापति रावलले बताए ।

पुस्तकालय समन्वय महाशाखा शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय सिहदरबार काठमाडौ र त्रिभुवन बिश्वबिद्यालय केन्द्रिय पुस्तकालय किर्तिपुर काठमाडौले उक्त सामग्रीहरू उपलब्ध गराएको रावलले बताए ।

बिद्यालयमा अध्यायनरत बिद्यार्थीहरुका लागी बाहिरी ज्ञान लिन विभिन्न लेखकहरुका पुस्तक नयाँ पुस्तकालयमा प्रयाप्त रहेको बताउदै समग्र शैक्षिक वातावरणलाई अझ समुन्नत र प्रभावकारी बनाउने उदेश्य रहेको रावलले बताए ।

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update