
बैतडी–बैतडीको डिलाशैनीमा अज्ञात समूहको आक्रमणबाट एक महिला घाइते भएकी छन् ।
डिलाशैनी गाउँपालिका–५ लेट्ठेकोट निवासी अन्दाजी ५० बर्षीया मञ्जु नाथ अज्ञात समूहको आक्रमणबाट घाइते भएकी डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए ।
शुक्रबार राति १ बजेको समयमा आफ्नै घरमा सुतीरहेको अवस्थामा नाथमाथि आक्रमण भएको उनले बताए । अज्ञात समूहले नाथमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रवक्ता भट्टले बताए ।
घाइते नाथको टाउकोमा चोट रहेको छ । उनको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । नाथको टाउकोमा १८ ओटा टाँका लागेका छन् । उनको अवस्था मध्यम रहेको बताइएको छ ।
नाथमाथि आक्रमण गर्नेको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।
घरमा एक्लै सुतीरहेकी नाथमाथि कसले, किन आक्रमण गर्यो भन्ने बिषय अझै खुलीनसकेको गाउँपालिकाका प्रवक्ता भट्टले बताए ।