Sagun Khabar
जगन्नाथ क्याम्पसको स्ववियुले ग्रेड वृद्धि परीक्षाका लागि निशुल्क तयारी कक्षा सञ्चालन गर्ने

बैतडी–बैतडी सदरमुकामस्थित जगन्नाथ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले कक्षा १२ को ग्रेड वृद्धि परीक्षाका लागि निशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । 

कक्षा १२ को ग्रेड वृद्धि परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई लक्षित गरेर निशुल्क तयारी कक्षा सञ्चालन गर्न लागिएको स्ववियु सभापति रोशन भट्टले बताए । 

तयारी कक्षामा सहभागी हुन चाहने विद्यार्थीहरुलाई सोमबारसम्म नाम दर्ताका लागि समय तोकिएको स्ववियु सभापति भट्टले बताए । साउन २८ देखि निशुल्क तयारी कक्षा सञ्चालन गरिने सभापति भट्टले बताए ।  

केही दिन अघिमात्रै प्रकाशित भएको कक्षा १२ को परीक्षाफलमा ननग्रेड आइ पूरक परीक्षामा सहभागी हुने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरेर तयारी कक्षा सञ्चालन गरिन लागेको हो । 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ मा बढीमा दुई बिषयमा ननग्रेड ल्याएका परीक्षार्थीहरुका लागि भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षाको मिति तय गरेको छ ।

1-1754828632.jpg
 

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update